ओली–देउवाको भेटवार्ता नहुँदै राष्ट्रपति र प्रचण्डको भेट

काठमाडौं । तीन दलको शीर्ष नेताको बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवास पुगेका छन् ।
संक्रमणकालिन न्यायका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको तीन दलका शीार्ष नेताको बैठकमा सहभागी हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन् ।
भेटमा समसमायिक राजनीतक र राजावादीहरूको पछिल्लो गतिविधिका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सोलुखम्बुको एक कार्यक्रममा सहभागी भएर राष्ट्रपति पौडेल फर्केलगत्तै प्रचण्ड शितल निवास पुगेका हुन् ।
अहिले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भइहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस