विरोधीहरूले समृद्ध नेपाल सुखी नेपाली अभियान असफल बनाउन थाले : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले समृद्ध नेपाल सुखी नेपाली अभियान असफल बनाउन थालेको बताएका छन् ।
ललितपुरको कुपन्डोलमा आज (मंगलबार) प्रगतिशील इञ्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभियान असफल बनाउन थालेको बताएका हुन् ।
‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वाभाविक पनि हो । यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो,’ उनले भने, ‘तर, त्यस्तो भइरहेको छैन । कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस