कुलमान घिसिङको पदमुक्तबारे विपक्षीद्वारा राष्ट्रिय सभामा जवाफ माग, प्रधानमन्त्री बेखबर

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा कुलमान घिसिङको पदमुक्तबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
आज (बुधबार) दिउँसो सवा १ बजे बैठकको आरम्भमै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।
त्यसपछि सभाध्यक्ष नारायण दाहालले प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।
उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए ।
अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।
प्रधानमन्त्री भने यसअघि प्रतिनिधिसभाको बैठकमा उपस्थित थिएनन् भने राष्ट्रिय सभामा पनि अनुपस्थित छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयलेम विपक्षीले मागेको जवाफको विषया कुनै जानकारी नआएको बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस