Techie IT
२०८२ जेष्ठ १२, सोमबार

विपक्षी दलद्वारा संसद् बैठक पुनः अवरुद्ध


काठमाडौं । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजेदेखि सुरु भएको छ ।

बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । 

विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ । 

सूचनामा भनिएको छ ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए । 

भर्खर सुरु भएको बैठकमा विपक्षीले पुनः उठेर विरोध जनाएका छन् भने संसद् अवरुद्ध छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट