Techie IT
२०८३ असार २८, आइतबार

कुलमान बर्खास्तीको जवाफ दिन्नँ : प्रधानमन्त्री


काठमाडौं । विपक्षी दलहरूले संसद्मा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको जवाफ माग गरेका छन् । 

आज (बुधबार) राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुलमानको बर्खास्तीको जवाफ कुनै हालतमा नदिने अडान दिएका हुन् । 

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्नुको कारणबारे विपक्षीले संसद्मा जवाफ मागेको विषयलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो अडान लिएका हुन् । 

प्रधानमन्त्री भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ ।’ उनले अगाडि थपे, ‘उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।’

आज बसेको संघीय संसद्अन्तर्गत दुवै (राष्ट्रिय, प्रतिनिधिसभा) बैठकमा विपक्षीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्नुको कारणबारे जवाफ माग गरेका थिए । 

प्रधानमन्त्री ओलीसँग जवाफ माग गर्दै विपक्षीले संसद् अवरुद्ध पारेका थिए । दुवै सदनको बैठक भोलि बस्ने गरि स्थगित गरिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णयको भोलिपल्ट अर्थात् हिजो (मंगलबार) बेलुकी शाक्यले आफ्नो पदभार ग्रहण गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट