धनगढीबाट काठमाडौं उडान भर्न लागेको जहाजमा प्राविधिक समस्या, यात्रु प्रभावित
_4.png)
काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाजमा समस्या देखिएको छ ।
आज (बिहीबार) बिहान ११ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्न लागेको श्रीएयरको जहाजमा प्राविधिक समस्या देखिएको विमानस्थलकी ट्राफिक कन्ट्रोल अफिसर विद्या शाहले जानकारी दिइन् ।
उनका अनुसार श्री एयरलाइन्स एसएचए २२२ को जहाजमा समस्या देखिएपछि उडान रद्द गरिएको छ ।
उडान रद्द भएसँगै यात्रुहरू प्रभावित बनेका छन् भने अर्को उडान दिउँसो २ बजे हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस