Techie IT
२०८२ असार ५, बिहीबार

लेबनानमा इजरायलको हवाई हमला शुरू

इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। यस कारण, इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न सिफारिस गरेको छ।


इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। यस कारण, इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न सिफारिस गरेको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता डानियल हगारीले हिजबुल्लाहले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाएको पत्ता लागेपछि यो कदम चालिएको बताएका छन्।

बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको छ, जसमा तीन जना बालबालिका पनि रहेका छन्। शुक्रबार मात्र १८० भन्दा बढी साइटमा हजारौं रकेट प्रहार गरिएको थियो।

लेबनानबाट इजरायलमा लक्षित गर्दै ९० स्थानमा आक्रमण गरिएको छ। आइडिएफका अनुसार, इजरायली सैन्य निकायका ११ जना व्यक्तिहरू निसानामा परेका छन्। गत साताको सुरुवातमा वाकिटकी र पेजर विस्फोटबाट ३९ जनाको मृत्यु र हजारौं घाइते भएका थिए।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार भोल्कर टकले पेजर र वाकिटाकी विस्फोट मानव अधिकार कानुनको उल्लङ्घन भएको बताएका छन्। आइडिएफले आक्रमणका लक्षित सहरहरूमा खुला स्थानमा ३० र बन्द स्थानमा ३०० भन्दा बढी व्यक्तिहरू भेला नहुन भनिसकेको छ। हाइफादेखि उत्तरको क्षेत्रमा आक्रमणको क्रम बढेको छ। बेरुतमा रहेको अमेरिकी दूतावासले लेबनानमा रहेका आफ्ना नागरिकलाई घर फर्किन सिफारिस गरेको छ।

जोर्डनले पनि आफ्ना नागरिकलाई तत्काल फिर्ता हुन भनेको छ। रक्षा मन्त्री युभ गालान्टले युद्ध नयाँ मोडमा गएको बताएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट