Techie IT
२०८३ असोज ६, मंगलबार

नेपाल राष्ट्र बैङ्कले ३० अर्ब रुपैयाँ तान्ने


नेपाल राष्ट्र बैङ्कले आज बैंकिङ क्षेत्रबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। कर्जा प्रवाहमा कमी आएर बैंक तथा वित्तीय संस्थामा अत्यधिक निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले यस्तो निर्णय लिएको हो।

राष्ट्र बैङ्कले निक्षेप सङ्कलनको बोलकबोल प्रणालीमार्फत उक्त रकम तान्ने जनाएको छ। यस प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ राख्नुपर्नेछ।

राष्ट्र बैङ्कले १४ दिनको अवधि तोकेर उक्त निक्षेप तान्न लागेको हो, जसको साँवा र ब्याज असोज २० गते भुक्तानी गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट