Techie IT
२०८३ असार ४, बिहीबार

लुटपाटको आरोपमा पक्राउ

काभ्रेको बनेपा नगरपालिका-६ गोसाइँस्थानमा लुटपाटको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।


काभ्रेको बनेपा नगरपालिका-६ गोसाइँस्थानमा लुटपाटको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। 

धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्दै आएका इटाली र जर्मनीका नागरिकका सामान लुट्ने आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर लुटपाट गर्ने नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु, र पनौतीका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गएराति पक्राउ गरिएको हो। 

विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनेबित्तिकै बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन गरिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट