Techie IT
२०८२ फागुन ६, बुधबार

करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैनः यशोदा फुड्स


यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउ उत्पादन तथा बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ।

कुनै एउटा लेबल विरुद्ध परेको मुद्दापछि आफूहरुले त्यसको उत्पादन नगरेको तर अन्य उत्पादनहरु यथावत रहेको भए पनि सर्वोच्च अदालतबाट २०८१ साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार भन्दै यशोदा फुडस प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शोदा फुडस प्रालिले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन दिएको थियो । तर सिजी फुड्स (नेपाल) प्रालिले सो लेबलमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको थियो ।

करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गरिरहेको उद्योगले जनाएको छ । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको यशोदा फुड्सले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट