Techie IT
२०८२ असार ४, बुधबार

प्रधानमन्त्रीद्वारा दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड दान

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा, नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा सो चेक हस्तान्तरण गरे।

यस अवसरमा, प्रधानमन्त्री ओलीले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन गर्नेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे। उनले प्रणाली र कानुनअनुसार काम गर्नुपर्नेमा पनि जोड दिए।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो, र अन्य संस्था तथा व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ।

             

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट