चिनियाँ फुटबल संघका पूर्वपदाधिकारीलाई ११ वर्ष जेल सजाय
चीनको एक अदालतले चिनियाँ फुटबल संघ (सीएफए)का पूर्वउपाध्यक्ष ली युयीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ। उनलाई १ लाख ४० हजार अमेरिकी डलर जरिवाना र भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने भएको छ। लीले २००४ देखि २०२१ सम्म सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरी १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गरेका थिए।

राष्ट्रपति सी चिनफिङको शासनकालमा चीनले खेलकुद उद्योगमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेको छ। यसै क्रममा, सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई पनि गत मार्चमा आजीवन कारावासको सजाय सुनाइएको थियो। साथै, चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक ली टाईले पनि घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकार गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस