Techie IT
२०८२ असार ४, बुधबार

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाखको सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।


नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी चेक हस्तान्तरण गरेका छन्।

सभापति देउवाले प्राकृतिक विपद्पछि गर्नुपर्ने कामका लागि ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए।

प्रधानमन्त्री ओलीले कांग्रेसको सुझावलाई मननीय बताउँदै विपद्ले सबैलाई प्रभावित बनाउने हुँदा यसको सामना मिलेर गर्नुपर्नेमा विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसले सरकारलाई विपद्को सामना र पूर्व तयारीका लागि एकता र समन्वयमा लाग्न आग्रह गरेको छ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, र महामन्त्री विश्वप्रकाश शर्मा पनि उपस्थित थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट