Techie IT
२०८३ श्रावण ११, सोमबार

बाढीपीडितको उद्धारमा सरकार असफल ; प्रभु साह

आयोजित भेटघाट कार्यक्रममा साहले बाढीपहिरो पीडितहरूको उद्धार र राहतमा सरकारको ढिलासुस्तीका कारण अमूल्य जनधनको ठूलो क्षति भएको बताए।


File Photo

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्षासँगैको बाढी र पहिरोका कारण प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले सरकारलाई 'नालायक' भन्दै आलोचना पनि गरेका छन्।

रौतहटको फतुवाबिजयपुर नगरपालिकामा दसैँ, दीपावली, र छठ पर्वको अवसरमा आयोजित भेटघाट कार्यक्रममा साहले बाढीपहिरो पीडितहरूको उद्धार र राहतमा सरकारको ढिलासुस्तीका कारण अमूल्य जनधनको ठूलो क्षति भएको बताए। उनका अनुसार, यदि समयमै उद्धार गरिएको भए धेरै मानवीय क्षति रोक्न सकिन्थ्यो।

साहले किसानहरूको मेहनतले उत्पादन गरेको बाली बाढीले बगाएको र सर्वसाधारणको जीवन प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई सर्वसाधारणको दुःखबारे सोच्नसमेत फुर्सद नभएको आरोप लगाए। उनले भने, “सर्वसाधारण किसानले बिहान बेलुका के खाने, कहाँ बस्ने भन्ने निश्चितता छैन, तर सरकारले तलब र भत्ता लिएर दसैँ मनाइरहेको छ। राहत र उद्धारका लागि सरकारको अनदेखी जनताका लागि दुःखदायी बनेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट