Techie IT
२०८२ श्रावण ७, बुधबार

'बिपीको हुटहुटी कांग्रेसको आत्मामा अझै बाँकी छ' — महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज  आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताए ।

उनले भने, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरीनै हामी हिँड्न जरुरी छ ।” बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उहाँले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताए ।

उनले थप भने, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।” अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उहाँले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताए ।

उनले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताए । उनले भने, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ ।” जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उनले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

विसं २०७७ मा निर्माण सुरू गरिएको बिपी स्मृति भवनका आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । स्व मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजारको लागतमा भवन निर्माण गरिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट