Techie IT
२०८२ भाद्र २९, आइतबार

धनराज गुरुङको तस्बिरलाई लिएर फैलाइएको भ्रमप्रति सचिवालयको आपत्ति


नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै गुरुङको सचिवालयले आपत्ति जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जालमा भएको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सामाजिक सञ्जालमा गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङसँग खिचिएको पुरानो तस्बिरलाई हालै अमेरिकाको न्युयोर्कमा खिचिएको तस्बिर भनी प्रचार गरिएको भन्दै सचिवालयले उक्त प्रचार भ्रामक र नियोजित भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा प्रचार गरिएको तस्बिर सम्बन्धविच्छेद हुनुपूर्व खिचिएको हो भन्ने जानकारी गराइन्छ। माननीय गुरुङ संविधानसभा सदस्य रहँदा खिचिएको तस्बिरमा संविधानसभा सदस्यको लोगो प्रष्ट देख्न सकिन्छ। सन् २०१९ (विक्रम संवत् २०७६) मै सम्बन्धविच्छेद भइसकेको हुँदा हाल आएर सो तस्बिरलाई राजनैतिक प्रतिशोधका रूपमा प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ।”

सचिवालयले व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालको दुरुपयोग नगरिन पनि आग्रह गरेको छ। साथै, यदि यस्ता कार्य नरोकिए कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी समेत सचिवालयले दिएको छ।

विज्ञप्तिमा सचिवालय सदस्य भूपराज बस्यालले हस्ताक्षर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट