पार्टी राजनीतिमा फर्किन पाउनु संवैधानिक हक - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पदको लोभ लिएर आफूले एमालेको राजनीतिमा फर्किने निर्णय नगरेको बताएकी छन् । आफूले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको बताउँदै उनले पदको लोभ नरहेको बताइन् ।
पार्टी राजनीतिमा फर्किनु देश र जनताको सेवाबाहेक अरु केही नभएको उनको भनाइ छ । पार्टी राजनीतिमा फर्किन पाउनु आफ्नो संवैधानिक हक भए पनि एमालेको निर्णयबाट दु:खी तुल्याएको उनले बताइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस