Techie IT
२०८३ जेष्ठ १०, आइतबार

प्रचण्डसँगको मतभेदबीच जनार्दन शर्माबाट माओवादी पुनर्गठनको प्रस्ताव


नेकपा माओवादी केन्द्रभित्र फेरि एकपटक वैचारिक ध्रुवीकरण देखिन थालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गहिरिँदो असहमतिका बीच माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पुनर्गठनको औपचारिक प्रस्ताव अघि सारेका छन्।

शर्माले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै पार्टीलाई सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ संविधान संशोधन र विशेष महाधिवेशनको माध्यमबाट माओवादी पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

शर्माले पार्टीभित्र आफूलाई गुट चलाएको र पार्टी विभाजनको तयारी गरिरहेको आरोप लगाइएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । हाल माओवादी केन्द्रभित्र नीति, रणनीति र नेतृत्वप्रति असन्तुष्टि खुल्ला रूपमा देखा पर्न थालेको छ । अध्यक्ष प्रचण्डको एकल निर्णयप्रणालीलाई लिएर नेताहरूबीच मतभेद चुलिँदै गएको छ।

जनार्दन शर्माको यो प्रस्तावलाई केही नेताहरूले "पार्टीभित्र सुधारको आह्वान"का रूपमा लिएका छन् भने केहीले "नयाँ गुट निर्माणको सुरुआत" भन्दै आलोचना पनि गरेका छन्।

जनार्दन शर्माले उठाएको "पार्टी पुनर्गठन" को प्रस्तावले नेकपा माओवादी केन्द्रभित्र पुनः एकपटक सैद्धान्तिक बहसको वातावरण बनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट