Techie IT
२०८३ जेष्ठ १०, आइतबार

नेता खनालको प्रश्न–तानाशाह बन्न खोज्नुभएको हो?


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनलाई ‘तानाशाह बन्न खोजेको’ गम्भीर आरोप लगाएका छन्।

हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका थिए। त्यसको जवाफस्वरूप अध्यक्ष नेपालले सार्वजनिक रूपमा प्रतिवाद गरेका थिए।

खनालको भनाइको प्रतिक्रियामा अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘पार्टी छोडेर जान सक्ने’ अभिव्यक्ति दिएका थिए। अध्यक्ष नेपालको यस अभिव्यक्तिपछि शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले उक्त भनाइलाई "अत्यन्त अशोभनीय, गैर–जिम्मेवार र तानाशाही प्रवृत्तिको" भन्दै तीव्र आपत्ति जनाएका थिए ।

खनालले भने, "पार्टी नेतृत्व गर्ने जिम्मेवारी पाएको व्यक्तिको भाषा यस्तो हुनु हुँदैन। मेरो धारणा असह्य लागेको भए बैठक बोलाएर वा व्यक्तिगत रूपमा कुरा गर्न सकिन्थ्यो। तर सार्वजनिक रूपमा आदेश शैलीमा 'पार्टी छोड' भन्नु सरासर तानाशाही हो।"

उनले पार्टीभित्र रचनात्मक आलोचना र स्वस्थ बहसको ढोका बन्द गर्न खोजिएको आरोपसमेत लगाए।

"मैले भनेको त विद्रोहको औचित्य पुष्टि भएन, जनताको पक्षमा काम गर्न सकिएन। त्यसको जवाफमा पार्टी छोडेर जानू भन्ने? कस्तो तानाशाह बन्न खोजिएको हो?" खनालको प्रश्न थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट