Techie IT
२०८३ असोज २२, बिहीबार

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै


प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा अर्थ, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची तय गरिएको छ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्। त्यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विकास वित्त परिचालन विधेयक, २०८१’ को वैकल्पिक विधेयक विचारार्थ प्रस्तुत गरी पारित गरियोस् भन्ने प्रस्ताव संसदमा राख्ने कार्यक्रम रहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट