Techie IT
२०८२ मंसिर २३, मंगलबार

जनमत पार्टीको निर्देशन : पार्टी विरोधी गतिविधिमा संलग्नको नामावली केन्द्रमा पठाउन आग्रह


जनमत पार्टीले पार्टी विरोधी गतिविधिमा संलग्न नेता तथा कार्यकर्ताको नामावली केन्द्रमा पठाउन सबै जिल्ला इन्चार्जहरूलाई निर्देशन दिएको छ।

पार्टी अध्यक्ष डा. सिके राउतका अनुसार पार्टी अनुशासन उल्लङ्घन गर्ने कुनै पनि सदस्यमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाइनेछ। बुधबार पार्टी सचिवालयद्वारा जारी पत्रमा अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने नीतिअनुसार, पार्टी विरोधी गतिविधिमा संलग्नहरूलाई छुट नदिइने स्पष्ट उल्लेख छ।

पत्रमा भनिएको छ, “पार्टी विरोधी गतिविधिमा लाग्ने, गुट वा समूहको बैठक/भेलामा सहभागी हुने, वा सामाजिक सञ्जालमा पार्टीविरुद्ध पोस्ट गर्ने सदस्यहरूको नाम प्रमाणसहित केन्द्रमा नियमित रूपमा पठाउन अनुरोध गरिन्छ।”

साथै, अबदेखि कुनै पनि पार्टी सदस्यले पार्टी निर्णयविपरीत गतिविधि गरे, कुनै समितिमा नरही टिकट वा लाभको पद लिन खोजेमा अनुशासन सफाइ प्रमाणपत्र (disciplinary clearance) अनिवार्य गरिने प्रावधान लागु गरिने पार्टीले जनाएको छ।

पार्टी सचिवालयले सबै जिल्लामा पत्राचार गरी निर्देशन जारी गरेको र संगठनभित्र अनुशासन कायम राख्न कदम चालिएको स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट