Techie IT
२०८३ असोज २१, बुधबार

रास्वपा पूर्वमहामन्त्री ढकालको जिम्मेवारी फिर्ता माग रिट अस्वीकृत


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पूर्ववत् जिम्मेवारीमा फर्किन माग गर्दै दायर गरेको रिट खारेज भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। ढकालले अदालतमा दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो।

निर्वाचन आयोगको पत्रको आधारमा ढकालले अदालतको प्रक्रिया अघि बढाएका थिए। पार्टीले ढकाललाई कारबाही गरेको भए पनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट