Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

देशमा भइरहेको लुटपाट हेरेर बस्दा शान्ति र अमनचयनको अनुभव गर्न सकिन - दुर्गा प्रसाईं


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। आइतबार जेलबाट छुटेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक यात्रामा प्रवेश गर्ने औपचारिक घोषणा गरेका हुन्।

प्रसाईंले आफू सफल व्यवसायी भए पनि मुलुक र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेको कारण राजनीतिक दल खोल्ने निर्णय गरेको दाबी गरे। उनले भने, “म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ। तर देशमा भइरहेको लुटपाट हेरेर बस्दा शान्ति र अमनचयनको अनुभव गर्न सकिन। मेरो लागि व्यक्तिगत स्वार्थभन्दा पनि नेपाल र नेपाली प्राथमिकताको विषय बनेका छन्।”

उनले राष्ट्रको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक अधिकार संरक्षणलाई मुख्य एजेन्डा बनाउँदै नयाँ दलको तयारी गरिएको बताएका थिए । प्रसाईंका अनुसार यस अभियानमा संलग्न साथीहरूसँग मिलेर औपचारिक रूपमा दल दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट