Techie IT
२०८२ फागुन १५, शुक्रबार

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे


संघीय संसद भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।

बैठकमा गृह, श्रम, खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछिन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सक परिषद (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नेछन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८२’ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट