Techie IT
२०८२ भाद्र १८, बुधबार

निजामती सेवामा पदपूर्ति प्रणाली उल्टियो, नासु पदमा १०% खुला प्रतिस्पर्धा


संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदसमेत खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले निजामती सेवामा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने सहमति गरेको हो।

यसअघि प्रतिनिधि सभाले पारित गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवामार्फत मात्र पदपूर्ति गर्ने व्यवस्था गरिएको थियो। तर, राष्ट्रिय सभामा पुग्दा सो व्यवस्था उल्टिएको हो।

यसअघि सहसचिव पदका लागि पनि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाले गरेको प्रावधान उल्टाउँदै १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने सहमति गरेको थियो।

त्यसैगरी, प्रतिनिधि सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख भएको अतिरिक्त सचिव पदको व्यवस्था पनि समितिले हटाइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट