Techie IT
२०८२ भाद्र १८, बुधबार

सरकार बिचौलियाले चलाएको छ : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कांग्रेस वा एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन्।

आज पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बाहिरी रूपमा कांग्रेस र एमाले देखिए पनि वास्तविकतामा सत्ता बिचौलिया र दलाल पूँजीपतिहरूको हातमा रहेको दाबी गरेका हुन् ।

‘अहिले राज्य कसको हातमा छ भन्नेमा कहिलेकाहीँ हामी पनि अलमलमा पर्छौँ । बाहिर हेर्दा कहिले माओवादी–कांग्रेस, कहिले माओवादी–एमाले, कहिले कांग्रेस–एमाले देखिन्छ। तर यथार्थमा पार्टीका विचारले होइन, बिचौलिया र दलाल पूँजीपतिहरूले पैसाको बलमा नेताहरूलाई किनेर राज्य चलाइरहेका छन्,’ प्रचण्डले भने।

उनका अनुसार, बिचौलियाले पैसाको बलमा कर्मचारी भर्ना गर्ने, आफ्ना अनुकूल निर्णय गराउने जस्ता घातक अभ्यासलाई रोक्न आफूले पहल गरेको तर त्यसकै कारण इमानदार व्यक्तिहरूलाई हटाउने काम भएको छ।

‘राम्रो गर्न खोज्नेहरूलाई हटाइयो कुलमानलाई हटाइयो, कान्छारामलाई हटाइयो। अहिले इन्दिरा रानालाई हटाउने षड्यन्त्र भइरहेको छ। जातीय आधारमा पनि छानिछानी गरेर हटाइएको छ,’ प्रचण्डले आरोप लगाए।

उनले दलाल र बिचौलियाले पैसाको बलमा राज्य सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध सबै दलका महिलालाई सडक सङ्घर्षमा उत्रन आह्वान गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट