Techie IT
२०८३ असोज २१, बुधबार

प्रतिनिधिसभा बैठक आज दिउँसो, तीन विधेयकमाथि छलफल हुने


प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । बैठकमा सञ्चार, स्वास्थ्य, कृषि तथा पशुपन्छी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।

सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ विचारार्थ प्रस्तुत गर्नेछन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यससँगै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९)’ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गर्ने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट