Techie IT
२०८२ भाद्र २२, आइतबार

कर्ण थापाले राखेको फरक मतमा के छ ? (पूर्णपाठ सहित)


नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मत विधान अधिवेशनमा छलफल हुने भएको छ।

बिहीबार दिउँसो थापाले पेश गरेको फरक मतलाई सोही दिन बसेको सचिवालय बैठकले स्वीकार गर्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो।

यससँगै उनको फरक मतबारे अधिवेशनमा औपचारिक रूपमा छलफल हुने पक्का भएको छ। थापाले पार्टीका निर्णयहरू, हालसम्मका घटनाक्रम तथा जनताको बहुदलीय जनवाद (जसपा) को रक्षा सम्बन्धी धारणा आफ्नो फरक मतका रूपमा दर्ता गराएको बताए।

उनले विधान संशोधन मस्यौदाबाट हटाइएका ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधानबारे पनि छलफल गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेको विषय पनि आफ्ना फरक मतमा समेटेका छन्।

थापाले दर्ता गरेको यो फरक मत ३२ पृष्ठ लामो छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट