Techie IT
२०८२ फागुन १४, बिहीबार

कांग्रेस–एमाले सरकार दलाल र बिचौलियाको धाकमा टिकेको प्रचण्डको दाबी


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाको दबाबमा बनेको आरोप लगाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस–एमालेको सरकार कुनै वैचारिक वा नीतिगत आधारमा नभई बिचौलियाको धाक र धम्कीका कारण बनेको दाबी गरे।

उनले भने, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले टिकेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।”

सरकारप्रति आक्रामक शैलीमा प्रस्तुत भएका प्रचण्डले दलाल र पुँजीवादी प्रवृत्तिको वर्चस्वले मुलुकलाई हानी पुर्‍याइरहेको आरोप समेत लगाए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट