‘जेन जेड’ युवाहरुको आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेन जेड’ युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।
राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले धरौटीमा रिहा भएका छन् । सो घटनासम्बन्धी मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।
युवाहरुले सामाजिक सञ्जाल बन्दसहितका सरकारी निर्णयविरुद्ध आह्वान गरेको आन्दोलनमा मिसिने घोषणा गर्दै प्रसाईंले भने, “देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सहभागी हुनेछु । गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस् ।”
उनले गरेको फेसबुक पोस्टमा धेरैले कमेन्ट गर्दै प्रसाईंलाई आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् । जेन जेड समूहले भोलि (सोमबार) प्रदर्शन गर्ने तयारी गर्दै सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस