Techie IT
२०८३ असोज २०, मंगलबार

काठमाडौँमा कर्फ्यु आदेशपछि गृह मन्त्रालयमा आकस्मिक छलफल


जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू आकस्मिक छलफलमा बसेका छन्।

गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बीचैमा छोडेर मन्त्रालय पुगेपछि छलफल सुरु भएको हो। छलफलमा गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायतका अधिकारी सहभागी छन्।

प्रवक्ता काफ्लेले मन्त्रालयभित्रै बसेर आन्दोलनसँग सम्बन्धित सबै सूचना संकलन भइरहेको जानकारी दिएका छन्। उनले भने, “फिल्डमा के भइरहेको छ भन्ने विषयमा सबै अधिकारीहरू एकै स्थानमा बसेर निरन्तर सूचना संकलन गरिरहेका छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट