जेनजी आन्दोलनबारे देउवाले गरे गृहमन्त्री र गगनसँग आकस्मिक छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गरेका छन्।
सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्रीद्वयसँग दुई विषयमा कुराकानी गरेका हुन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, सभापति देउवाले महामन्त्रीद्वयसँग सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र जेनजी प्रदर्शनबारे कुराकानी गरेको बताए ।
भेटमा महामन्त्री थापाले जेनजी पुस्ताको भावना, विद्यार्थी र आमाबाबुहरूलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग सम्पर्कमा कठिनाइ, चाडबाड र संगीत उद्योग तथा डिजिटल प्लेटफर्म व्यवसायमा परेको असरको विषयमा चर्चा गर्दै सरकारलाई निर्णय फिर्ता गर्न सुझाव दिनुपर्ने बताएका थिए।
देउवाले पार्टीले सरकारमा पठाएका मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे छलफल गर्ने बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस