जेनजी आन्दोलनको घटनाको विवरण सङ्कलन गर्दै गृह मन्त्रालय

गृह मन्त्रालयले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका घटनाबारे विवरण संकलन भइरहेको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण संकलनको काम भइरहेको उल्लेख गर्दै हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु भएको र करिब दुई सयजना घाइते भएको प्रारम्भिक जानकारी आएको बताए।
आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर, रुपन्देही, कास्की लगायतका जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
प्रदर्शनमा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनामा भएको क्षतिको विवरण संकलन भइरहेको पनि प्रवक्ता काफ्लेले जानकारी दिए।
त्यसैगरी, प्रदर्शनकारीहरूले काठमाडौं लगायतका विभिन्न स्थानमा सरकारी संरचना र सवारीसाधनमा आगजनी गरेको मन्त्रालयले जनाएको छ। प्रहरीले काठमाडौंबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको समेत जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस