Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

१९ जनाको मृत्युपछि सात देशका दूतावासहरूको संयुक्त वक्तव्य


सामाजिक सञ्जाल बन्दविरुद्ध भएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंस्थित सात देशका दूतावासहरूले संयुक्त वक्तव्य जारी गरी सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्।

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले सोमबार संयुक्त वक्तव्य सार्वजनिक गरेका हुन्।

वक्तव्यमा भनिएको छ, “हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।”

यसअघि, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (OHCHR) ले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट