Techie IT
२०८२ भाद्र २४, मंगलबार

आन्दोलनमा ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’लाई चिन्नुहोस् - पूर्व प्रधानमन्त्री भट्टराई


नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमनको विरोध गरेका छन्।

भट्टराईले ‘नवफासीवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्ने महान् शहीदहरू’ प्रति उच्च सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले युवा पुस्ताले नयाँ इतिहासको सुरुवात गरेकोमा गौरव महसुस भएको भन्दै उनीहरूलाई बधाई ज्ञापन गरेका छन्। साथै, आन्दोलनका क्रममा युवाहरूले ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरू उल्लेख गरेका छन्।

भट्टराईका सुझावहरू यस प्रकार छन्:

  • आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बिचमै नछोड्न।
  • शान्तिपूर्ण सङ्घर्षमा दृढ रहन र कुनै बहकावमा नआउनु।
  • आन्दोलनमा गलत तत्त्वहरूको घुसपैठ हुन नदिन र ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’लाई चिन्न सतर्कता अपनाउनु होला ।
  • संविधानका आधारभूत स्तम्भहरूमा छेडछाड नगरी, भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न र राजनीतिक स्थिरता सुनिश्चित गर्न आवश्यक सुधार गर्न। भट्टराईले नेपाली उखान ‘भुईँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ सम्झाउँदै युवा पुस्तालाई सावधान रहन आग्रह गरेका छन्। उनले अन्त्यमा युवा पुस्ताको पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

बाबुराम भट्टराईको हार्दिक अपिल (सारांश)

“प्रिय नवयुवा साथीहरू, भदौ २३ को ऐतिहासिक जनप्रतिरोधका क्रममा शहादत प्राप्त महान् शहीदहरू प्रति उच्च सम्मान र श्रद्धाञ्जली। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा गर्व। आन्दोलनलाई लक्ष्यमा पुर्‍याएसम्म दृढ रहनुहोस्, शान्तिपूर्ण सङ्घर्षमा बहकावमा नआउनुहोस्, गलत तत्त्वहरूको घुसपैठ हुन नदिनुहोस्, संविधानका आधारभूत स्तम्भहरूमा छेडछाड नगर्नुहोस्। तपाईंहरूको उज्ज्वल भविष्यको शुभकामना!”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट