Techie IT
२०८२ फागुन १३, बुधबार

अनेरास्ववियुका अध्यक्ष कडरियाले पदबाट दिए राजीनामा


नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन्। मंगलबार बिहान फेसबुकमार्फत उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन थियो,’ उनले फेसबुकमा लेख्दै, ‘विद्यार्थीको हक, अधिकार र भविष्यको संरक्षक मानिएका संगठनहरूले स्कुले पोसाकमै रहेका विद्यार्थीको प्राण रक्षा गर्न नसकेको पीडा छ। त्यसैले हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल भएको महसुस गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको छु।’

राजीनामासँगै कडरियाले जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। उनले अहिले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दमन गर्न खोजिरहेको आरोप लगाउँदै यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएका छन्।

‘मेरो जीवनको सबैभन्दा कालो दिन यही हो,’ कडरियाले लेखेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट