नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

नेपाली कांग्रेसका गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका छन्।
बजगाईंले जारी विज्ञप्तिमा भनेका छन्, “न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु।”
उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमार्फत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस