Techie IT
२०८३ असोज २०, मंगलबार

डा. बाबुराम भट्टराईको प्रस्ताव: आन्दोलनकारी युवासमेतको अन्तरिम सरकार


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि संविधानभित्रैबाट अघि बढेर आन्दोलनकारी युवासमेतको सहभागितामा अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन्।

भट्टराईले भनेका छन्, “प्रधानमन्त्रीको राजीनामापछि आन्दोलनकारी युवासमेत रहेको अन्तरिम सरकार गठन गर्नुपर्छ। उनीहरूले उठाएका मागहरूको संबोधन, हालका दुःखद घटनाहरूको छानबीन, संविधानको अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित) र निष्पक्ष निर्वाचनको बाटो अबलम्बन गरौं।”

उनले कुनै पनि हठ नगरी प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पनि स्पष्ट पारेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट