Techie IT
२०८३ असोज २०, मंगलबार

बालेन शाह द्वारा संसद् विघटनको माग, जेनजीलाई संयमित हुन आग्रह


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग उठाएका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएको केही घण्टापछि मेयर बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन् ।

‘हामीले स्पष्ट रूपमा भनेका थियौँ, यो नितान्त जेनजीको आन्दोलन हो,’ बालेनले भने। ‘प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला!’

उनले थपे कि देशको जनधनमा भएको क्षति वास्तवमा हामी सबैको सम्पत्तिमा भएको क्षति हो, त्यसैले अब संयमित हुनु आवश्यक छ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला। साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहनुहोला। तर याद रहोस्—वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ,’ बालेनले भने।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट