Techie IT
२०८२ भाद्र २५, बुधबार

निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास जारी छ - निवर्तमान प्रधानमन्त्री ओली


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन्जीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको बताएका छन्। उनले बुधबार शिवपुरीबाट वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ओलीले आफूले राष्ट्रियता र पहिचानका सवालमा कठोर अडान नलिए जीवन अर्कै मोडमा पुग्ने दाबी गरेका छन् ।

उनले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी गरेको हुँ। भगवान् श्रीराम भारतमा होइन, नेपालमै जन्मिएका हुन् भन्ने विषयमा पनि मैले जिद्दी गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए, मलाई थुप्रै अवसर र फाइदा हात पर्ने थियो। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।’

व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा तत्कालीन सत्ताबाट आफूले भोगेको यातनाका कारण सन्तान नभएका उनले स्मरण गरे। ओलीले भने, “तर पनि बा बन्ने रहर कहिल्यै मरेन। जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको ज्यान लियो, त्यस दिनदेखि धेरै कुरा मेरो लागि समाप्त भए। त्यो पीडाको घाउ आज पनि आलै छ।”

अनगिन्ती दुःख र बलिदानबाट ल्याइएको व्यवस्थाले आज सबैलाई आवाज उठाउने र आन्दोलन गर्ने अधिकार दिएको भन्दै उनले त्यस व्यवस्थाको रक्षा गर्न आह्वान गरे। उनले यो व्यवस्थाको कत्लेआम हुन नदिन आह्वान पनि गरेका छन्।

उनले भने, “पदमा बस्ने वा नबस्ने कुरा मेरो लागि ठूलो होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा यो व्यवस्था जोगाउनु हो। जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, त्यही व्यवस्थाको रक्षा गर्नु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा सम्झौता हुँदैन भन्ने मेरो दृढ विश्वास छ।” ओलीले वक्तव्यमा भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट