Techie IT
२०८२ भाद्र २६, बिहीबार

गैर-संवैधानिक कदमहरू उठाइए कडा प्रतिवाद गर्छौं - अनेरास्ववियुको कडा विज्ञप्ति


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाण्डौमा जेन्जी आन्दोलनको क्रममा विद्यार्थीहरुको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ।

अनेरास्ववियुले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनमा संलग्न विद्यार्थी माथि राज्यका तर्फबाट गरिएको “कुरु हत्या”को घोर भर्त्सना गर्दै मृतक १९ जनाको प्रति श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गरिएको छ । साथै, घाइते भएका करिब ४०० जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रेस विज्ञप्तिमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका सरकारी निकाय र विभिन्न व्यापारिक कम्पलेक्सहरूमा केहि व्यक्तिको नियत पूर्वक गरिएको आगजनी तथा लुटपाटको यथार्थ छानबिन गरी दोषीलाई कारबाहीको पनि माग गरिएको छ।

अनेरास्ववियुले हाल देशलाई संवैधानिक संकट तर्फ उन्मुख गराउने प्रयास भइरहेको बताउँदै प्रतिनिधि सभा र राज्यको शासकीय स्वरुपको सन्दर्भमा ‘नेपालको संविधान–२०७२’को परिकल्पना विपरित गैर-संवैधानिक कदमहरू उठाइएको आरोप लगाएको छ।

संगठनले भनेको छ, “गणतान्त्रिक आन्दोलनको महत्वपूर्ण अधिकारलाई नजरअन्दाज गर्दै चालिने गैर-संवैधानिक कदमको परिणामबाट भविष्यमा हुन जाने क्षतिको पूर्ण जिम्मा तीनै व्यक्तिले लिने र भोग्ने बताएको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट