राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ।
राष्ट्रपति बस्दै आएको सुरक्षित स्थानमा पुगेर सेनापतिले भेट गरेका हुन् भन्ने उच्च स्रोतको जानकारी दिएको छ । सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका छन्।
शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि राष्ट्रपति हाल सुरक्षित स्थानमा सारिएका छन्।
यसअघि आजै जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले वर्तमान संवेदनशील अवस्थामामा सबैलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरेका थिए। उनले मुलुकलाई संवैधानिक दायराभित्र रहेर निकास दिन प्रयास भइरहेको जानकारी पनि दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस