अमेरिकी सिनेटरहरूको आग्रह: नेपालले शान्ति र प्रजातान्त्रिक प्रक्रिया कायम गर्नुपर्छ

नेपालमा हालै भएका हिंसात्मक घटनाप्रति अमेरिकी सिनेटका वैदेशिक मामिला सम्बन्धी कमिटीका सदस्यद्वय जिन शहिन र क्रिस भ्यान होलेनले चिन्ता व्यक्त गरेका छन्।
बिहीबार जारी विज्ञप्तिमा उनीहरूले भनेका छन्, “नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ। हामी पीडित तथा उनीहरूको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं।”
विज्ञप्तिमा नागरिकमाथि दमन गर्नेहरूलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गर्दै भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासमार्फत महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। यी उपलब्धि नागरिकको ठूलो योगदानले सम्भव भएको हो, त्यसैले तिनको रक्षा गर्न आवश्यक छ।”
सिनेटरहरूले शान्त, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिकी तथा क्षेत्रीय चासोको विषय भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरी सम्बोधन गरेर नागरिकको विश्वास जित्ने अपेक्षा व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस