Techie IT
२०८२ भाद्र ३०, सोमबार

प्रधानमन्त्री कार्कीले सम्हालिन् १५ मन्त्रालय, हेर्नुहोस् सम्पूर्ण कार्यविभाजन


राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। नेपालको संविधानअनुसार नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरी कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् बनेको हो।

राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कार्यविभाजनअनुसार प्रधानमन्त्री कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।

त्यसैगरी, रामेश्वर प्रसाद खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। ओम प्रकाश अर्यालले गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालय सम्हाल्ने भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट