Techie IT
२०८२ भाद्र ३०, सोमबार

जेनजी आन्दोलनमा पार्टी कार्यालयमा पुगेको क्षतिको विवरण सङ्कलन गर्दै काँग्रेस


नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय आन्दोलनका क्रममा जलाएर ध्वस्त पारिएकाले सोमबारसम्म काम गर्न नपाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले भने, “जलेको केन्द्रीय कार्यालयमा काम गर्न अस्थायी संरचना बनाएका छौँ। मङ्गलवारदेखि मुलुकभरका पार्टी संरचनामा भएका क्षतिको विवरण सङ्कलन सुरु गर्नेछौँ ।”

आन्दोलनका क्रममा कांग्रेसका अधिकांश प्रदेश, जिल्ला र केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको छ । पार्टीका केही सांसद र पूर्वमन्त्रीका निजी निवासमा समेत आन्दोलनकारीले क्षति पुर्‍याएका थिए।

पौडेलले अहिलेसम्म पार्टीका कति संरचनामा क्षति पुगेको ठ्याक्कै भन्न नसकिने बताएका छन् । आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पार्टी केन्द्रीय सदस्य डा. आरजु राणालाई बुढानीलकण्ठस्थित निवासमा कुटपिट गरिएको थियो । हाल उनीहरूको उपचार भइरहेको छ । सभापति देउवाको निवास समेत आन्दोलनकारीले जलाएर ध्वस्त पारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट