जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा राखिएका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० जनाको शव आज अन्त्येष्टि गर्न लागिएको हो। अन्त्येष्टिअघि शव गाडीमा राखी नगर परिक्रमा गराइने तयारी भएको मृतकका एक आफन्तले बताएका छन् । यसअघि आन्दोलनमा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ भने बाँकी १० जनाको आज हुने भएको हो ।
सरकारले मृतकलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै सम्मानसहित अन्त्येष्टि हुने घोषणा गरेका थिए ।
सोहीअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख र अन्य खर्चबापत ५ लाख गरी १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमार्फत रकम हस्तान्तरण गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस