Techie IT
२०८२ भाद्र ३१, मंगलबार

डा. सन्दुक रुइतलाई भेट्न प्रधानमन्त्री कार्की तिलगंगामा, के रुइत मन्त्री बन्लान् ?


वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत

प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग अन्तरिम सरकारमा सहभागी हुनेबारे छलफल गरेकी छन्।

विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतसँग सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। तर, जवाफमा डा. रुइतले सरकारलाई आवश्यक सल्लाह र सहयोग गर्ने तर मन्त्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेका छन्।

छलफलपछि डा. रुइतले अस्पताल र बिरामीलाई छाड्न नसक्ने बताउँदै आफू चिकित्सकीय पेसामार्फत नागरिक सेवामा निरन्तर तल्लीन रहने धारणा व्यक्त गरेका छन्।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने नाममा डा. रुइतको पनि चर्चा चलेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट