Techie IT
२०८२ भाद्र ३१, मंगलबार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेट


राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी बधाईसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले बधाई तथा शुभकामना दिनुका साथै समसामयिक राजनीतिक अवस्था र देशको विकसित घटनाक्रमबारे छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिबारे जानकारी गराएका थिए।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको भूमिकालाई महत्त्वपूर्ण बताउँदै, वर्तमान राष्ट्रिय सङ्कटको निकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट