जेनजी अभियन्ताद्वारा सरकारलाई बुझाउने मागपत्रको मस्यौदा तयार

भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार
जेनजी प्रदर्शनका अभियन्ताहरूले अन्तरिम सरकारसँग राख्ने मागहरूको मस्यौदा तयार पारेका छन्।
अभियन्ताहरूले आफ्ना मागलाई संस्थागत गर्ने उद्देश्यले तयार पारेको उक्त मस्यौदा प्रधानमन्त्री सुशीला कार्कीमार्फत राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ।
मस्यौदामा अन्तरिम सरकारमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, युवासहितको विज्ञ परामर्श समूह गठन गरी सो समूहका सुझावका आधारमा सरकार सञ्चालन गर्नुपर्ने, जेनजी आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग समावेश गरिएको छ।
‘हाउ टु देश विकास’ नामक समूहले मागहरूको मस्यौदा तयार पारेको देखिन्छ । आन्दोलनको मर्मअनुसार अघि बढ्न भन्दै अभियन्ताहरूले आफ्ना धारणा ‘स्पिक अप नेपाल’ को वेबसाइटमार्फत राख्न सकिने व्यवस्था गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस