Techie IT
२०८३ श्रावण १, शुक्रबार

निवर्तमान प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र गृह–प्रवेश गराउदै एमाले


जेन–जी आन्दोलनपछि बढी सक्रिय देखिएका एमाले नेता महेश बस्नेतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र औपचारिक रूपमा गृह–प्रवेश गराउने दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले सो दाबी गरेका थिए। उनले आफ्नै सामाजिक सञ्जालमार्फत पनि यसबारे उल्लेख गरेका छन्।

‘हामी तीन दिनभित्र हजारौँ जनसमुदायको उपस्थितिमा प्रधानमन्त्री ओलीलाई भव्य र शानदार ढंगले गृह–प्रवेश गराउँदैछौँ,’ बस्नेतको भनाइ छ। उनका अनुसार यसका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ र आवाससम्बन्धी तयारी पनि तीव्र रूपमा अघि बढाइएको छ।

जेन–जी आन्दोलन चर्किएपछि ओलीले २४ भदौमा पदबाट राजीनामा दिएर नेपाली सेनाको सुरक्षा व्यवस्थामा पुगेका थिए। हाल उनी काठमाडौंको शिवपुरीस्थित एक निवासमा रहेको दाबी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट